दफा ११
प्रवेश अनुमति लिनुपर्ने
:– (१) पैठारीका लागि प्रवेश नाकामा ल्याइएका बिरुवा, बिरुवाजन्य उपज, वायोलोजिक कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो झ्याउ, पीट आदि नेपाल भित्र पैठारी गर्नुपूर्व प्रवेश अनुमति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रवेश अनुमति लिने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।